Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निर्वाचनको मुखैमा भ्रष्टाचार मुद्दामा विशेष अदालत सक्रिय : माधव नेपालको फाइल अघि बढ्यो !

२०८२ माघ ७ गते

बैंकिङ खबर /  विशेष अदालतले निर्वाचनको मुखैमा भ्रष्टाचार मुद्दामा सक्रियता देखाएको छ । उसले माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजायको मागदाबी गरिएको छ। अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि यसअघि भ्रष्टाचार मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको हो । अख्तियारले तामेलीमा राखेको निर्णयको फाइल आएसँगै आउँदो माघ १४ गतेदेखि अर्को सुनुवाइका लागि पेसी तोकिएको छ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको विशेष अदालतले जनाएको छ ।