
बैंकिङ खबर / चालु आर्थिक वर्षको पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । विभागका अनुसार १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात गरिएको छ । पाँच महिनामा कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन, डायमोनियम हाइड्रोजनसुन अर्थोफोस्फेटलगायत वस्तु सबैभन्दा बढी आयात भएको छ । निर्यातको यो परिणाम ५८.१७ प्रतिशत बढेर कायम भएको हो । नेपालबाट प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, अन्य फेल्टका सामग्री, पाम तेललगायत वस्तु अन्य मुलुकहरुमा निर्यात गरिएको छ ।
जसअनुसार कच्चा भटमासको तेल ४६ अर्ब ९७ करोड रुपैयाँको, डिजेल ४५ अर्ब ६० करोड रुपैयाँको, पेट्रोल २७ अर्ब ३३ करोड रुपैयाँको, खाना पकाउने ग्यास २२ अर्ब ३९ करोड रुपैयाँको, फलामज्नय सामग्री २१ अर्ब ८४ करोड रुपैयाँको, स्मार्टफोन १९ अर्ब १३ करोड रुपैयाँको, डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट १९ अर्ब ७ करोड रुपैयाँको, सुन १५ अर्ब ७२ करोड रुपैयाँको, फर्टिलाइजर ग्रेड १२ अर्ब २९ करोड रुपैयाँको आयात भएको छ । यी सामान धेरै आयात हुने बस्तुमा पर्दछन् ।