Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंकहरुलाई कर्जा प्याकेजहरु पुनरावलोकन गर्न गभर्नर पौडेलको निर्देशन

२०८२ मंसिर १७ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूबाट कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यसबारे विभिन्न क्षेत्रहरूबाट बैंकहरूको लोनका बारेमा प्रश्न उठेको हुँदा कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्ने बताए । उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर कर्जा प्याकेजहरुको पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिएका छन् । अहिहिलेका प्याकेजहरूछलफलका माध्यमबाट डिजाइन नभएको भन्दै उनले कर्जाको प्रभावकारीका बारे कसैले प्रश्न उठाउन नहुने उल्लेख गरे । बैंकमा पैसा थ्रुपिएको बताउँदै कर्जा प्याकेजहरुको पुनरावलोकन भएमा बैंकहरूको प्रोडक्ट अघि बढ्ने उल्लेख गरे । बैंकहरूको प्रोडक्टरहरू कत्तिको प्रभावकारी छन् भन्नेबारे समीक्षा हुनुपर्ने उनको भनाई छ ।