Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नगद होइन, अब चुनाव सहयोग बैंकमार्फत मात्रै स्वीकार्य

२०८२ मंसिर १० गते

 

बैंकिङ खबर / निर्वाचन आयोगले अब २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थाका माध्यमबाट मात्र लिनुपर्ने व्यवस्था लागू गरेको छ। यो नियम राजनीतिक दल र उम्मेदवार दुवैका लागि अनिवार्य हुनेछ।

फागुन २१ गते तय गरिएको आगामी निर्वाचनलाई लक्षित गर्दै, आयोगले उम्मेदवार वा दलले चुनाव खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने निर्देश पनि जारी गरेको छ।आयोगले भन्यो “यसले नगद सहयोगमा पारदर्शिता ल्याउने, खर्च दर्ता गर्न सजिलो बनाउने र हिसाब–किताब खुला राख्ने” उद्देश्य राखेको छ।