Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

गण्डकी प्रदेशका सडक आयोजनामा ८० प्रतिशत काम सम्पन्न

२०८२ कार्तिक २७ गते

बैंकिङ खबर /  गण्डकी प्रदेशमा रहेका तीन ठुला आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेशको आर्थिक रिपोर्टमा उल्लेख गरिएको छ । त्यसैगरी मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत र कास्की–पर्वत बाग्लुङ खण्डको भौतिक प्रगति ८२ प्रतिशत रहेको आर्थिक रिपोर्टमा उल्लेख छ ।