बैंकिङ खबर । बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक वातावरण सुधार गर्न महासंघले निरन्तर बहस र पैरबी गरिरहेको चर्चा गर्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने जस्तता प्रतिवद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन गर्नुपर्नेमा पनि जोड दिएका छन् । काभ्रे उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा बोल्दै उनले देशमा पूर्वाधार परियोजनाका लागि आन्तरिक पुँजी परिचालन गर्नुपर्ने बताएका हुन् । उनले वैदेशिक लगानीको मात्रै मुख ताकेर ठूला पूर्वाधारको विकास नहुने बताए । अध्यक्षका ढकालले महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको उल्लेख गर्दै यसबाट पनि पूर्वाधार विकास एवं उद्यमशीलताका लागि पुँजीको केही अभाव पूर्ति हुने बताए ।
