Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निजी क्षेत्रको सम्पत्ति राष्ट्रकै सम्पत्ति, संरक्षण जरूरी : अर्थमन्त्री खनाल

२०८२ कार्तिक १४ गते

बैंकिङ खबर/ अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रकै सम्पत्ति भएकाले यसको संरक्षण अनिवार्य भएको बताएका छन्।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा महिला आर्थिक पत्रकार संघले कात्तिक ११ देखि १४ गतेसम्म आयोजना गरेको महिला आर्थिक पत्रकारहरूको एडभान्स तालिमको समापन कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको सम्पत्तिलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

खनालले भने, “निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रको सम्पत्ति हो भनेर सम्पत्ति र स्वामित्वबीचको फरक छुट्याउन सकिएन। विदेशी लगानीकर्तालाई लुटेरा भन्ने चलन पनि छ।”

उनले बोटलर्स, एनसेलजस्ता कम्पनीलाई ठग वा लुटेराका रूपमा चिनाउने दृष्टिकोण बदल्नु आवश्यक रहेको बताए। साथै उनले पत्रकारितामा सम्पत्तिको हानि पुर्‍याउने गरी समाचार वा विषयवस्तु प्रस्तुत गर्नुहुँदैन र सम्पत्ति सिर्जनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।