Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

देउवा भन्छन्, ‘मेरो घरमा पैसा जलेको भिडियो फेक हो, तत्काल छानबिन होस्’

admin २०८२ आश्विन २८ गते
सेयर:

बैंकिङ खबर/नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमा भाइरल बनेको “पैसा जलेको” भिडियो फेक भएको दाबी गरेका छन्।

मंगलबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले उक्त भिडियोको खण्डन गर्दै आफ्नो चरित्रहत्या गर्ने नियतले फेक भिडियो बनाएर प्रचार गरिएको बताएका हुन्।

उनले भने, “अहिले जुन भिडियो आएको छ, त्यो फेक हो। फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको छ। अरू देशको भिडियो काटेर ल्याएर मेरोमा हालिदिएछ।”

देउवाले उक्त विषयमा निस्पक्ष छानबिन गर्न आग्रह गर्दै दोषी पत्ता लगाई कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।

उनका अनुसार उक्त भिडियोको माध्यमबाट आफ्नो राजनीतिक छविलाई बदनाम गर्ने प्रयास गरिएको छ। “फेक भिडियो बनाएर मेरो चरित्रहत्या गर्ने काम भएको छ। यस सम्बन्धमा तत्काल छानबिन होस्,” उनले बैठकमा जोड दिए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।