Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अर्थमन्त्री खनाल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता

२०८२ आश्विन २८ गते


बैंकिङ खबर/अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार भेटवार्ता भएको छ। भेटवार्तामा विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेका विविध कार्यक्रमहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा सम्भावित सहकार्य र साझेदारीका विषयमा छलफल भएको नेपालस्थित राजदूतावासले जानकारी दिएको छ।

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमणदलका सदस्य तथा विश्व बैंकका विभिन्न परियोजनाका कर्मचारीहरू सहभागी थिए। अर्थमन्त्री खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन आइतबार वासिङ्टन डिसी पुगेका थिए।