Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण

२०८२ आश्विन २१ गते

बैंकिङ खबर/ विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस्तो देखिएको हो । सन् २०२७ का लागि भने यस्तो प्रक्षेपण ४.७ प्रतिशत रहने अनुमान गरिएको छ ।

यो वर्षको लागि विश्व बैंकले गरेको प्रक्षेपण यसअअघि गरिएको भन्दा ०.८ प्रतिशत विन्दुले कम हो । यसअघि विश्व बैंकले सन् २०२६ मा नेपालको वृद्धि २.९ प्रतिशत रहने उल्लेख गरेको थियो ।

परिमार्जित आर्थिक वृद्धिदर दक्षिण एशियाली मुलुककै सबैभन्दा कम हो । यो वर्ष भारतमा ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत श्रील्रकाको ३.५ प्रतिशत तथा माल्दिभ्सको ३.९ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ ।