बैंकिङ खबर/ अर्थ मन्त्रालयले सुरू गरेको गुनासो मेलबक्स प्रणालीमार्फत छ घण्टामै १६६ वटा इमेल प्राप्त भएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत यस्तो इमेल आएको जानकारी दिएका हुन् ।
अर्थमन्त्रीको आधिकारिक इमेल आईडीमा समेत यति धेरै गुनासा आएको उनले जनाएका छन् । र्प्राप्त इमेलमध्ये करिब दुई दर्जन इमेललाई तत्कालै जवाफ दिइएको छ भने अधिकांशमा आवश्यक कार्यवाही सुरु भइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। बाँकी इमेललाई पनि सकेसम्म चाँडो जवाफ दिने प्रक्रिया अगाडि बढाइने उनले बताएका छन् ।
नागरिक र संस्थाले भोगेका समस्या तथा गुनासा मेलमार्फत पठाउन सक्ने र मन्त्रालयले सोहीअनुसार समाधान गर्ने व्यवस्था मिलाइएको छ ।