२०८२ श्रावण ३० गते

अर्थ मन्त्रालयका १२ सहसचिवको जिम्मेवारी हेरफेर

बैंकिङ खबर/ अर्थ मन्त्रालयले सहसचिवहरुको आन्तरिक सरुवा तथा पदस्थापन गरेको छ। सुमन दाहाल, टंकप्रसाद पाण्डे, महेश भट्टराई, श्यामप्रसाद भण्डारी, टंकनाथ लम्साल, भरतमणि पाण्डे, दीपक लामिछाने, रमेश अर्याल, जनकराज शर्मा, दिलिप कुमार गौतम, पदम कुमार श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीको जिम्मेवारी हेरफेर गरिएको हो।

यसअनुसार मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्। उनी महेश भट्टराईको स्थानमा पदस्थापन हुँदा भट्टराईलाई भने मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा लगिएको छ।

को कहाँ?