
बैंकिङ खबर/राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरूलाई वर्तमान राजनीतिक व्यवस्थाको आधारमा मुलुकको भाग्य र भविष्य कोर्न सुझाएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले युवाहरूमा युगीन जिम्मेवारी पूरा गर्ने क्षमता रहेको भन्दै उद्यमशीलता र स्वरोजगारतर्फ काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताए।
राष्ट्रपति पौडेलले भने, “अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर समृद्ध नेपाल बनाउने जिम्मेवारी युवाहरूको काँधमा छ।” विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्र विकासको युगमा युवाले विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नुपर्ने औंल्याए। साथै, युवाको विदेश पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता विस्तारलाई सरकारले प्राथमिकता दिएको जानकारी दिए।
उनले प्रविधिमा दक्ष युवालाई स्वदेशमै अवसर दिन सरकारले सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी वातावरण निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उद्यमशीलता विस्तारमा जोड दिएको बताए।
