
बैंकिङ खबर/पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गति तीव्र पार्नुपर्ने बताएका छन्।
अर्थ समितिमा सोमबार वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकको दफावार छलफलमा सहभागी हुँदै कार्कीले मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको सहभागिता हुने गरी ल्याइएको कानुन छिटो पारित गर्न आवश्यक रहेको बताए।
“नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन ल्याइएको हो। यो समितिबाट चाँडो पास हुनुपर्छ, अहिले छलफलमा ढिलाइ भइरहेको छ,” कार्कीले भने, “वैकल्पिक विकासका योजनाहरू अघि बढाउनुपर्छ।”
उनका अनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई समाधान गर्न र विकासमा निजी क्षेत्रको भूमिका बढाउन वैकल्पिक वित्त कोष महत्त्वपूर्ण हुनेछ। विधेयकमा धेरै प्रावधान स्पष्ट रहेको उनले बताए।



