Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

यस वर्ष ४.५ अर्बको विद्युत् विदेश निर्यात भयोः प्रधानमन्त्री

२०८२ श्रावण २४ गते

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् आयात परिमाण घटाउँदै लगेको बताएका छन्। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको प्रधामन्त्रीले दाबी गरेका छन् ।

यस्तै यस वर्ष ४.५ अर्ब रुपैयाँको विद्युत् विदेश निर्यात गर्ने सफलता पाएको दाबी प्रधामनन्त्रीले गरेका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलले यस्तो दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौं। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यस वर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्ने सफलता पाएका छौं।’