Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

प्रधानमन्त्रीको दाबी‘नेपालमा १५ वर्षभित्र गरिबी अन्त्य गर्छौँ’

२०८२ असार २९ गते

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने लक्ष्यका साथ विकास निर्माणलाई तीव्रता दिन सरकार कटिबद्ध रहेको बताएका छन्।

हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डमा झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी स्थानीय तहलाई नमुना कार्य गर्न आग्रह गरे।

उनले भने, “अब नेपालमा गरिबीको आयु नै १५ वर्ष हो। यो अवधिमा हामीले गरिबी अन्त्य गर्नुपर्छ र आधुनिक र विकसित देशतर्फ अघि बढ्नुपर्छ। आधारभूत पूर्वाधारहरू तयार भइसकेका छन् — विद्युत्, सञ्चार क्षेत्र र आइटी क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ।”

प्रधानमन्त्री ओलीले विकासका लागि सडक, पुल र सिचाई आयोजनाहरू निर्माण भइरहेकाले विकास क्षेत्रमा असाधारण प्रगति भइरहेको पनि बताए। उनले समृद्ध नेपाल निर्माणका लागि सबै तह र क्षेत्रसँग समन्वय गरी काम गर्न सरकार प्रतिबद्ध रहेको बताए।