बैंकिङ खबर/ भारतबाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमार्फत हालको सटही सीमा वृद्धि गरेको हो।
राष्ट्र बैंकले भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ।’




