Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सरकारी कर्मचारीलाई पेन्सन र उपदान नदिने घोषणापछि कोषले भन्यो, ‘स्वागत गर्न आतुर छौं’

२०८२ असार २० गते

बैंकिङ खबर/सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन र उपदान सुविधा दिइने नदिने घोषणासँगै सामाजिक सुरक्षा कोषले स्वागत गर्न आतुर रहेको बताएको छ । कोषले निजी र सरकारी दुबै क्षेत्रमा कार्यरत श्रमिकलाई समान अधिकार र सुविधाको प्रत्याभूति दिलाउने उद्देश्यले आफ्ना कार्यक्रमहरू विस्तार गरिरहेको छ ।

सामाजिक सुरक्षा कोषका अनुसार अब कुनै पनि श्रमिक, चाहे उनी निजी संस्थामा कार्यरत होस् वा सरकारी सेवामा, सामाजिक सुरक्षाबाट बाहिर रहने छैनन् । कोषले सरकारको पेन्सन नदिने घोषणाको पत्र सेयर गर्दै भनेको छ, ‘हामी सबै श्रमिक वर्गलाई स्वागत गर्न आतुर छौं। सामाजिक सुरक्षाको छातामुनि सबैको समान पहुँच सुनिश्चित गरिन्छ ।’