
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य रहेको बताएका छन्। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपाली दूतावास एवं स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा स्पेनी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
राजनीतिक स्थायित्व, खुला बजार नीति, प्रतिस्पर्धी श्रमशक्ति र लगानी सुरक्षाका विधेयकले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको उनले उल्लेख गरे। नेपालले समावेशी आर्थिक रुपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा स्वीकारेको प्रधानमन्त्री ओलीको भनाइ थियो।
कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई थप प्रभावकारी बनाउँदै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए।



