Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

देशलाई ऋणको भारी बोकाएर धरानले सप्तकोशीको पानी खाँदैनः हर्क साम्पाङ

२०८२ असार १९ गते

बैंकिङ खबर/ धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले खानेपानीको लागि एडीबीको ऋण स्वीकार गर्न नसकिने बताएका छन् । खानेपानी मन्त्रीलाई पत्र लेख्दै उनले एडीबीको ऋण लिएर सप्तकोशीको पानी ल्याउने कार्य गर्न नहुने बताएका हुन् ।

उनले धरान उपमहानगरपालिकाले एडीबीको पहिला लिएको ऋण नै तिर्न बाँकी रहेको र आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउन भनेका छन् । उनले एडीबीको ऋण लिएर सप्तकोशीको पानी नल्याउने, बरु खोलाखोल्सीको पानी जोडेर गुजारा गर्ने जानकारी गराएका छन् ।

‘उपर्युक्त सम्बन्धमा कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको स्मरण गराउँदै आब २०८२/०८३ मा ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकीको पैसा सबै एडीबी बाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित हुँदैन,’– उनले भनेका छन् ।