२०८२ असार १७ गते

सांसद भगवती चौधरीलाई ‘आइकोनिक वुमन अवार्ड’

बैंकिङ खबर/सांसद एवं पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई ‘आइकोनिक वुमन अवार्ड’ प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय महिला संसदले संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरेको विशेष समारोहमा चौधरीलाई यो सम्मान प्रदान गरिएको हो ।

सांसद चौधरीले महिला अधिकारका विषयहरूलाई संसद र समुदायमा प्रभावकारी ढंगले उठाउँदै आएकी छन्। साथै, उनले लाखौं महिलालाई उद्यमशीलतामा प्रेरित गर्न र समाजसेवामा सक्रिय रहँदै आएकी भन्दै यो अवार्ड दिइएको आयोजक संस्थाले जनाएको छ ।

उक्त सम्मान प्रोजेक्ट १०० का अध्यक्ष म्कोनडिवा र अन्तर्राष्ट्रिय महिला संसदकी अध्यक्ष नमिता घिमिरेले संयुक्त रूपमा प्रदान गरेका थिए । अन्तर्राष्ट्रिय महिला संसद ५० भन्दा बढी देशका नेतृहरू, नीतिनिर्माताहरू, उद्यमीहरू र अग्रगामी सोच भएका व्यक्तित्वहरूको सञ्जाल हो, जसले महिलाको सशक्तीकरण, समावेशीता र संवाद प्रवर्धनमा काम गर्दै आएको छ ।