२०८२ असार ६ गते

देशलाई ऋणमुक्त बनाउने‍ भन्दै ढोरपाटनले छुट्यायो पाँच लाख बजेट


बैंकिङ खबर/बागलुङ ढोरपाटन नगरपालिकाले राष्ट्रिय ऋण तिर्न पाँच लाख बजेट विनियोजन गरेको छ । कार्यबाह नगरप्रमुख धन बहादुर कायत कल्याणले देशमा २६ खर्बभन्दा बढी ऋण रहेको अवस्थामा ढोरपाटनले ऋणमुक्त देश बनाउने अभियानका लागि पाँच लाख बजेट विनियोजन गरेको बताए । उनले ढोरपाटनले जस्तै सबैले आफ्नो दायित्वबोध गर्दै नेपाललाई ऋण बिनाको देश बनाउने अभियानमा हातेमालो गर्नुपर्ने बताए ।

१७ औँ नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा नगरपालिकाले सरकारी तथा गैरसरकारी संस्थालाई ऋणमुक्त देश बनाउने अभियानमा हातेमालो गर्न अपिल गरिएको छ । नेपाललाई ऋण बिनाको देश बनाउन “ऋण मुक्त देश” निर्माण गर्ने नीति अबलम्बन गर्दै नगरपालिकाले नेपालको सार्वजनिक ऋण तिर्ने गरी यस्तो नीति अबलम्बन गरेको जनाएको छ ।