Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अर्थमन्त्री पौडेललाई चीन भ्रमणमा जान सरकारले दियो स्वीकृति

२०८२ जेष्ठ २८ गते

बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चीन भ्रमणमा जान सरकारले स्वीकृति दिएको छ। आउँदो असार १० गतेदेखि १२ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा पौडेललाई सहभागी हुन स्वीकृति दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिए ।