Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

प्रबन्धक मानन्धर तोकिए नेपाल टेलिकमको प्रवक्ता

२०८२ जेष्ठ २७ गते

बैंकिङ खबर/नेपाल टेलिकमले प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जनाएको हो ।

कम्पनीसम्बन्धमा कुनै जानकारी लिन परे प्रवक्ता मानन्धरसँग लिन सकिने टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ ।