२०८२ जेष्ठ २५ गते

वार्षिक ३ लाख बढीको कारोबार गर्नेलाई विद्युतीय सेवा कर

बैंकिङ खबर/ वार्षिक ३ लाख बढीको कारोबार गर्नेलाई विद्युतीय सेवा कर लाग्ने भएको छ। विदेशी कम्पनीले नेपालमा रहेका प्रयोगकर्तालाई उपलब्ध गराइएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतले डिजिटल सर्भिस ट्याक्स लाग्ने भएको हो।

नेपालमा रहेका प्रयोगकर्तालाई व्यावसायिक प्रयोगबापत डिजिटल इन्टरफेसमार्फत गरेको कारोबारमा भने कर लाग्नेछैन। ‘चालू आर्थिक वर्षसम्म ३० लाख बढीको कारोबार गर्ने कम्पनीले डिजिटल सर्भिस ट्याक्स २ प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो’, ठूला करदाता कार्यालयका निर्देशक ध्रुवप्रसाद पाण्डेले भने, ‘अब वार्षिक ३ लाख रुपैयाँमाथिको कारोबार गर्ने कम्पनीले डीएसटी तिर्नुपर्छ।’

नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्तिले प्रत्येक आर्थिक वर्षको आफ्नो कारोबारको विवरण तथा सो बमोजिम लाग्ने कर आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र गर्नुपर्ने उल्लेख छ।