२०८२ जेष्ठ २२ गते

भ्रष्टाचार मुद्दाः माधव नेपालसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी [पूर्णपाठ]

बैंकिङ खबर/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्धामा १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध आज बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसहित तत्कालीन मुख्य सचिव माधव घिमिरे र सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो । त्यतिबेला नेपाल प्रधानमन्त्री रहेका थिए ।

u0VO8F