
बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावहारिक भएर व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बुधबार आइडिया स्टुडियोद्वारा आयोजित ‘आइडिएरसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वभर अधिकांश स्टार्टअप असफल हुने गरेको विषयमा टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
व्यावहारिक भएर व्यवसायमा हात हाल्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले स्टार्टअप असफल भएकाहरूलाई चारवटा गाई पालेर व्यवसाय सुरु गर्न सुझाव दिए ।
‘धेरै स्टार्टअप असफल हुन्छन्, किनभने यसमा राम्रो अध्ययन र योजना बनाइँदैन,’ ओलीले भने, ‘बरु राम्रो दूध दिने गाई पाल्नुस्, दिनमा ५०/६० लिटर दूध आउँछ । दुई-ढाइ लाखमा बाच्छी किन्न सकिन्छ, छाप्रो बनाएर थोरै खर्चमा व्यवसाय सुरु हुन्छ । ऋण लिन पनि सजिलो हुन्छ । रिस्क कम हुन्छ ।’
तर, यसका लागि पनि मिहिनेत र निरन्तरता भने दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।



