
बैंकिङ खबर/ उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ।
सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौँ समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
अर्थ मन्त्रालयमा उक्त भेटवार्ता भएको हो। मिसन प्रमुख डा सरवत जहानको नेतृत्वमा रहेको उक्त बैठकमा नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्तासहित अन्य आईएमएफ अधिकारीहरूले नेपालमा भेटघाटलाई तीव्रता दिइरहेका छन्।



