२०८२ जेष्ठ १९ गते

कृषि अनुदानको लाभ वास्तविक किसानलाई मात्रै दिइने

बैंकिङ खबर/ अब सरकारले कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक किसानले मात्रै पाउने गरी व्यवस्था मिलाउने भएको छ । हालै सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । अब सरकारले वास्तविक किसानले मात्रै पाउने गरी व्यवस्था गर्ने सरकारले जनाएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘कृषि बिमाको दायरा विस्तार गरिनेछ । विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचयपत्र सहित सेवा सुविधा दिइनेछ ।’