२०८२ बैशाख ३० गते

आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ स्थापना

बैंकिङ खबर/आर्थिक अपराधको अनुसन्धान गर्न छुट्टै इकाइको स्थापना गरिएको छ । प्रहरी प्रधान कार्यालयले आर्थिकसम्बन्धी अपराधको अनुसन्धान गर्ने आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरेको हो ।

उक्त महाशाखा सञ्चालनका निम्ति प्रहरी प्रधान कार्यालयले माग गरेको दरबन्दी र बजेट अर्थमन्त्रालयले स्वीकृत नगरिसकेको कारण अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत राखिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए । अहिले एसएसपी होबिन्द्र बोगटीले यसको कमान्ड गरेका छन् । यो इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन् ।