Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८२ बैशाख २८ गते

बैंकिङ खबर/ आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए । उनको जवाफपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।