
बैंकिङ खबर/उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी साउन १५ गतेभित्र नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बताएका छन्।
बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावका आधारमा साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरूको डिडिए पुरा गरेर नयाँ मोडालिटीका साथ अघि बढाउने बताए । उनले विशेष आर्थिक क्षेत्रमा निर्यातका लागि पूर्वाधार बनाउने काम सार्वजनिक निजी साझेदारीबाट अघि बढाइरहेको जानकारी दिए ।
अहिले सरकारले नेपालमा उत्पादन वृद्धि गर्दै निर्यात गर्नका लागि धेरै प्रयासहरू भइरहेको उनले बताए। उनले स्वदेशी वस्तुको उपभोग कार्यविधिलाई अघि बढाइएको भन्दै उनले यसले स्वदेशी बजारीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे। मन्त्री भण्डारीले मुलुकमा पुँजीको अभाव नभएपनि लगानी हुन नसक्नु प्रमुख प्रश्नको विषय भएको उल्लेख गरे।