Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

विदेशमा लुकाइएका सम्पत्ति फिर्ता ल्याउन सरकारले नै चाहेनः प्रमुख आयुक्त राई

२०८२ बैशाख २४ गते

बैंकिङ खबर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पत्ति फिर्ता ल्याउन सरकारले नै नचाहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएका सम्पत्ति फिर्ताका लागि ती मुलुक सहमत रहेपनि नेपाल सरकारले नै नचाहेको उल्लेख गरे ।

‘हामीले अहिलेपनि सिङ्गापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईंहरूले सहयोग गर्नुपर्यो,’ प्रमुख आयुक्त राईले समितिमा भने, ‘सिङ्गापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’

अख्तियारले भ्रष्टाचारमा संलग्न उपल्लो तहका नेतालाई समेत कारबाहीको दायरामा ल्याउन चाहेपनि अभियुक्त कर्मचारीहरूले अहसयोग गर्दा सफल नभएको बताए । ‘बलिको बोको कर्मचारी मात्रै भयो भन्ने जनगुनासो छ । उपल्लो तहको मान्छेका सन्दर्भमा बयान लिइएका कर्मचारी नै केही बोल्दैनन्,’ उनले भने ।