२०८२ बैशाख ११ गते

राष्ट्रपतिले वैशाख १९ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बैंकिङ खबर/सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो । नीति तथा कार्यक्रम वैशाख २८ अगावै पारित गरेर प्रिबजेट छलफल थाल्ने गरी संसद्को कार्यतालिका तयार भएको हो । प्रिबजेट छलफल सकेर अर्थ मन्त्रालयलाई सुझाव दिने अभ्यास छ ।

जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ । त्यसपहिल्यै नीति तथा कार्यक्रम र प्रिबजेट छलफल हुन लागेको हो । संघीय संसद्को बजेट अधिवेशन शुक्रबार १ बजेदेखि सुरु हुँदै छ ।