April 4th, 2025

बक्यौता उठाउन खोजेपछि मलाई पदबाट हटाइयोः कुलमान घिसिङ(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्।

एक पत्रकार सम्मेलन गरी उनले बक्यौता उठाउन खोज्ने आफ्नो प्रयास नै बर्खास्त गर्नुको मुख्य कारण रहेको बताएका हुन्। उनले भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।’

Kulman_Ghising_press_release_2081-12-22