बैंकिङ खबर/ सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख डलर सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा टेक्नोलोजीलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो । ओली थाइल्यान्ड भ्रमणका क्रममा मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
थाइल्यान्ड भ्रमणका क्रममा ओलीले एआईटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसको नेपाल संस्थापक सदस्य पनि रहेको र नेपाल अहिले बोर्ड अफ ट्रस्टीको पनि सदस्य भएको नाता तथा संस्था आर्थिक संकटमा रहेकाले सो सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।




