बैंकिङ खबर/ शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले बेपत्ता छन् । तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई शुक्रबारदेखि भूमिगत भएका छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर हुन् ।
केहीबेर सटरमा लुकेका उनी त्यहाँबाट सिधैँ विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरस्थित इमाडोलस्थित घरमा गएका थिए । अब पुलिसले नछाड्ने भन्दै प्रसाईँ खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरेर निस्किएको प्रहरीले बताएको छ । प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन् । उक्त प्रदर्शनको अगुवाइ गरेका प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ ।
खोजी तीव्र
गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा हिंसा भड्काएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको खोजी तीव्र रूपमा भइरहेको बताएका छन्।
तीनकुने क्षेत्रमा राजावादीले गरेको विध्वंस अवलोकनका लागि शनिबार बिहान घटनास्थल पुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्। ‘खोजी भइरहेको छ, छिट्टै पक्राउ पर्नुहुन्छ’, लेखकले भने।




