March 29th, 2025

पूर्वराजा ज्ञानेन्द्रको पासपोर्ट रद्द हुँदै, सेवा सुविधा खोस्ने तयारी


बैंकिङ खबर/ सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ । उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरिएको छ ।