Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

कुलमान घिसिङको रिट दर्ता, के छ रिटमा ?

२०८१ चैत्र १४ गते

बैंकिङ खबर/आफूलाई नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरी कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । घिसिङका प्रतिनिधि रिट लिएर बुधबारै सर्वोच्चमा पुगे पनि समय नपुगेकाले बिहीबार मात्र सो रिट दर्ता भएको छ ।

रिट दर्तासँगै शुक्रबारका लागि पेसीमा समेत चढेको छ । घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उता घिसिङसँगै शाक्य पनि सर्वोच्च पुगेका छन् । यसअघि उनलाई पनि तत्कालीन सरकारले पदबाट हटाएको थियो । र, सो रिटको टुंगो लागेको छैन ।