Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

विद्युत् प्राधिकरण बोर्ड बैठकः श्वेतपत्र जारी गरिने, रोकिएको पीपीए खुलाइने

२०८१ चैत्र १३ गते

बैंकिङ खबर/ नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले मुख्य ३ विषयमा निर्णय गरेको हो ।

दोस्रो निर्णयको रूपमा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्यअनुसार विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । त्यस्तै, विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने पनि निर्णय गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री दीपक खड्काबीच मनमुटाव हुँदा लामो समयदेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन । बोर्ड बैठकमा कुलमान घिसिङले मन्त्रीको चाहनाविपरीत निर्णयमा असहमति राखेपछि विवाद चर्किँदै गएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै प्राधिकरणको बोर्ड बैठक बसेको हो ।