बैंकिङ खबर/नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने घोषणा गरेका छन्। मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका हुन्।
शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरे। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।