Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

किसानलाई ब्याज अनुदानमा ऋण

२०८१ फाल्गुन २८ गते

बैंकिङ खबर/ बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा रु एक अर्ब र आगामी आर्थिक वर्षमा रु १६ अर्ब ऋण लगानी गर्ने तयारी रहेको बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको हो । मन्त्री श्रेष्ठले प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरुलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताए ।

उनले किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँग समन्वय गरिने बताए । उनका अनुसार किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिनेछ ।