बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश निर्माणमा लाग्न आग्रह गरेका छन् । मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले देश र जनताका लागि ईमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिए ।
उनले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकासका लागि सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।




