Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैनः अध्यक्ष ढकाल

admin २०८१ फाल्गुन २६ गते
सेयर:

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले नीति नियममा वा, र जस्ता कारणले निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने बताएका हुन् ।

सरकारले उद्योग व्यवसायीहरुले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने बताउँदै अध्यक्ष ढकालले कुल रोजगारीमा निजी क्षेत्रको योगदान ८६ प्रतिशत रहेको दाबी पनि गरे । ‘नेपाल सरकारका पोलिसी मेकरहरुले र, वा, कमा, फुलस्टपको कारणबाट निजी क्षेत्रलाई डिसकरेज गर्नु भएन,’ उनले भने, ‘जब निजी क्षेत्रले निर्धक्कसँग काम गर्न सक्छ, निर्धक्क रुपले उद्यमशीलता बढाउन सक्छ तब मात्रै रोजगारीको अवसर प्राप्त हुने भएको हुनाले त्यो वातावरण सिर्जना गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।