
बैंकिङ खबर/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको अर्थ नीतिको कारण मुलुकको अर्थतन्त्रले गति लिएको र रोजगारी सिर्जना हुन थालेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेसका पूर्व सभापति एवंम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंगिकार गरेको अर्थनीतिको कारण आजको यो अवस्था आएको बताएका हुन् ।
उनले भने, ‘बल्ल रोजगारीको विषयमा छलफल भएको भ्रम नरहोस्, प्रतिकुलता र अस्थिरताको बिचमा सामाजिक न्याय सहितको उदार अर्थ व्यवस्थाको नीति जुन नेपाली कांग्रेसले अंगिकार गरेको नीतिले पनि न्यूनरुपमा सहि रोजगारीको जे जस्ता अवस्था सिर्जना भएका छन् । निजी क्षेत्रको जुन रुपमा विकास भएको छ नेपाली कांग्रेस पार्टी खुलेआम दावा गर्छ । यसलाई जि.वी भन्दा फरक पर्दैन । गिरिजाप्रसाद कोइरालाले लिएको नीतिको कारणले हो ।’



