पूर्णिमा विकास बैंक लिमिटेडले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । केही महिनाअघि मात्रै पचास प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्तापुँजी ३० करोड रुपैयाँ पुर्याएको बैंकले पुनः ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकको आइतबार बसेको १५२ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । उक्त हकप्रद सेयर सम्बन्धित निकायबाट स्वीकृत भई बैंकको आगामी पुष २३ गते बस्ने ९औँ वार्षिक साधारणसभाले पारित गरेपछि निष्काशन गरिनेछ ।
यसबाहेक, गत आर्थिक बर्षको मुनाफाबाट पूर्णिमाले २६ प्रतिशत बोनस सेयर दिँदैछ । बैंकले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले हकप्रद सेयर र बोनस सेयर दुबैको प्रस्ताव साधारणसभामा लैजाँदैछ । २६ प्रतिशत बोनसपछि बैंकको पूँजी झन्डै ३८ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि २५ प्रतिशत हकप्रद जारी गर्दा बैंकको पू्ँजी साढे ४७ करोड रुपैयाँ नाघ्नेछ ।