Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी

२०८१ फाल्गुन ५ गते

बैंकिङ खबर/ देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरीहरू अहिले पनि रहेको बताए । उनले उजुरीहरूलाई फर्छ्यौट गर्ने कुरामा मन्त्रालयले तीव्रताका साथ कम गरिरहेको जानकारी दिए ।

त्यस्तै, सहकारी ठगीका मुद्दा आ.व.०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । त्यसमा ४३ जना पक्राउ पर्नुका साथै पाँच अर्बभन्दा बढीको बिगो रकम माग दाबी गरिएको जानकारी दिए । सहकारीसम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको बताए । मन्त्रालयले बेरुजु फर्छ्यौटलाई शून्य बनाउन काम गरिरहेको उल्लेख गरे