Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी

२०८१ फाल्गुन ५ गते

बैंकिङ खबर/ उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् ।

शाखाले गत आर्थिक वर्ष २०८०-८१ मा १ लाख १२ हजार ९ सय ६८ एनओसी दिएको थियो । सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौँमा कोरिया र सातौँमा भारतका लागि लागि एनओसी लिएको शाखाको भनाई छ ।