२०८१ फाल्गुन ३ गते

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा अर्थ मन्त्री र पोखरा नगरप्रमुख घाइते

बैंकिङ खबर/पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किंदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो । सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

अर्थमन्त्री पौडले र मेयर आचार्यको मुख र शरीरमा आगोको लप्काले पोलेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरुको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । अर्थमन्त्री पौडेल आजै काठमाडौं आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।