
बैंकिङ खबर/ २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष’ घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा यही फागुन ३ गते पोखरा प्रदर्शनी केन्द्रबाट गर्ने तयारी गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए ।
भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउँदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध संघ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताए ।



