Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

पोखरामा भ्रमण वर्ष सुरु हुँदै, पर्यटक बढाउने कसरत

२०८१ फाल्गुन १ गते

बैंकिङ खबर/ २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘पोखरा भ्रमण वर्ष’ घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा यही फागुन ३ गते पोखरा प्रदर्शनी केन्द्रबाट गर्ने तयारी गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए ।

भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउँदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध संघ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताए ।